काडमाण्डौ । लमजुङमा सञ्चालित ३ वटा जलविद्युत आयोजनाबाट आइतबार बिजुली उत्पादन नहुने भएको छ। 

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाबाट आज विद्युत उत्पादन नहुने भएको हो। आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द गरी मर्मतकार्य गरिनेछ। 

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लागि प्रसारण लाइन सट डाउन गरिएको हो। सोही कारण यो प्रसारण लाइनमा जोडिएका आयोजनाहरुबाट विद्युत उत्पादन बन्द गरिएको हो। 

यी आयोजनाबाट आइतबार करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्नेछ।

पहिरोले मध्य मर्स््याङ्दी–मर्स्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका–८ माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो। प्राधिकरणले आपत्कालीन पुनस्र्थापना प्रणाली (ईआरएस) जडान गरी गत वर्ष साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो।

आइतबार ईआरएस हटाई नयाँ टावरमा तार टाँगिनेछ।