काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बाँडफाँडको केही समयपछि रिजल्ट समेत प्रकाशित भएको छ । 

आइपीओको रिजल्ट बिजशालाको यो लिंकमा गएर आइपीओ निश्कासन गर्ने कम्पनीको नाम र आफ्नो डिम्याट खाता नम्बर प्रविष्ट गरी परे नपरेको थाहा पाउन सकिन्छ । 

आज अपरान्ह ४ बजे निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा एक कार्यक्रमका बीच आइपीओ बाँडफाँड गरेको थियो । 

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओमा करिब साढे ५ लाख आवेदन परेको थियो । 

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओमा दिएको अन्तिम तथ्यांक अनुसार ५ लाख ६१ हजार २६३ आवेदकले ९४ लाख ९८ हजार ४०० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले गत मंसिर ३ गतेबाट सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको थियो। 

निष्कासन गरिएको कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने भनिएको थियो । 

यसरी ८१ हजार २६७ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ६ आवेदकले थप एकसहित ११ कित्ताको दरले सेयर पाएका छन्।