काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको सञ्चालक समितिको शनिबार बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाले आफ्नो सभा मंसिर १३ गते बुटवलमा गर्ने निर्णय गरेको छ ।

सभामा मुख्य अजेन्डाका रुपमा प्रस्तुत गरिने गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित हुनेछ । संस्थाले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ रुपैयाँको ६ प्रतिशतले हुन आउने ३ करोड ८० लाख १० हजार ७२० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने ६ करोड ३३ लाख ५१ हजार २०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश वितरण र वार्षिक साधारणसभाका लागि संस्थाले कात्तिक २९ गतेदेखि साधारणसभा नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने भएको छ । यसको अर्थ संस्थाको लाभांशको भागिदार बन्न कात्तिक २८ गतेभित्र संस्थाको सेयरधनी कायम भइसक्नुपर्नेछ ।