काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने २५ करोड ८५ लाख ५५ हजार ४८४.७५ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने २० करोड ६८ लाख ४४ हजार ३८७.८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५ करोड १७ लाख ११ हजार ९३.९५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।