काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१.४९ प्रतिशतले घटेको छ।
आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ११ करोड ४७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १४ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १८ करोड १९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २२ करोड ८३ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खुद ब्याज आम्दानी पनि १३.७८ प्रतिशतले घटेर २० करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष संस्थाको खुद ब्याज आम्दानी २३ करोड ३३ लाख रुपैयाँ रहेको थियो।
संस्थाले ७ अर्ब ७६ करोड रुपैयाँ सापटी लिई ९ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले ७ अर्ब २१ करोड सापटी लिई ७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार थोरै बढेर १ अर्ब ६३ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ५५ करोड रुपैयाँ थियो।
संस्थाको चुक्तापुँजी ८९ करोड ९३ लाख रुपैयाँबाट बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।
संस्थाको ईपीएस घटेर २२.१९ रुपैयाँमा सीमित बनेको छ। गत वर्ष ईपीएस ३२.५१ रुपैयाँ थियो। पीई रेसियो ५२.७३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५८.२३ रुपैयाँ रहेको छ।
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago