काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ।

आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजार थप घट्न सक्ने संकेत गर्छ। 

दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत  बजारलाई हेर्दा गत १० जनवरीबाट खसेको बजारले आज मध्य ब्यान्डमा सपोर्ट लिएको छ। 

म्याक्डीमार्फत हेर्दा भने बजारले २६ जनवरीमा बनाएको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। यसले बजारमा बिक्री दबाब रहेको बुझिन्छ। 

आरएसआईमार्फत हेर्दा बजार ८२ को ओभरबट जोनबाट हाल ५६ को विन्दुमा रहेको देखिन्छ। 

तीनवटै क्यान्डलमार्फत हेर्दा भने बजारले एकपटक आगमी कारोबारमा मध्य ब्यान्डमा सपोर्ट लिन सक्ने देखिन्छ। 

आवरली बेसमा हेर्दा भने आज बजारले बोलिंगर ब्यान्डको तल्लो ब्यान्डमा ब्रेकआउट गरेको छ। (हेर्नुहोस् हरियो एरो) 

आरएसआई पनि ३३ को ओभर सोल्ड जोननजिक पुगेको देखिन्छ। विगतमा बजार ओभर सोल्डमा पुगेपछि भने बाउन्स लिएको देखिन्छ। यस हिसाबले बजार अबको १–२ कारोबारपछि बजारमा खरिद दबाब अर्थात यूटर्न लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।