काठमाण्डौ । केही दिनदेखि बजार लगातार बढेको छ।
पछिल्लोपटक १८०८ लाई आधार विन्दु बनाएको बजार आज २१०० नजिक बन्द भएको छ। भोलुमा पनि करिब ५ अर्ब रुपैयाँ नजिक भएको देखिन्छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।
बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखा अपर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा बन्दै गएको छ।
डेली बेसमा आरएसआईमार्फत हेर्दा बजार ओभरबट जोन ७६ मा पुगेको छ। बुलिस बजारमा यस्तो विन्दु लामा समय ओभरबट जोनमा रहन पनि सक्छ।
बजारलाई इचिमोकुमार्फत हेर्दा बुलिस बन्दै गरेको देखिन्छ। सुपर ट्रेन्डमार्फत हेर्दा पनि बजार केही समयपहिले नै बुलिस बनेको देखिन्छ।
बजारलाई पिभटमार्फत हेर्दा यदि अहिलेको बढोत्तरीले निरन्तरता पाउँछन् भने आज पहिलो प्रतिरोध २०९२ को प्रतिरोधलाई ब्रेक गरेर माथि गएको छ। अबको दोस्रो प्रतिरोध २१४२ तथा तेस्रो प्रतिरोध २२१८ मा हुन सक्छ।
त्यसैगरी आगामी दिनमा करेक्सन आएको खण्डमा बजारले क्रमशः २०१६, १९६६ र १८९० सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
26 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago