काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । 

यो कम्पनीको असोज २४ गते बसेको संचालक समितिको १०३ औं बैठकले गत आर्थिक वर्षका लागि ९ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि समेत गरी नगद लाभांश ३.६३ प्रतिशत वितरणको निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

यस्तै, २ करोड ४३ लाख ८६ हजार ८७८ रुपैयाँ नगद लाभांश बाँड्नेछ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताको खातामा जम्मा हुनेछ । 

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ७० करोड हाराहारी पुग्नेछ ।