काठमाण्डौ । एन्टीबडीबाट प्राप्त हुने इम्युनिटीलाई लिएर एउटा राम्रो खबर सार्वजनिक भएको छ।

यो खरब सार्वजनिक भएको आइसल्यान्डबाट। आइसल्यान्डमा करिब ३० हजार मानिसमा गरिएको एउटा अध्ययनको नतिजाअनुसार एकपटक कोरोनाभाइरसबाट संक्रमित भएपछि बन्ने एन्टीबडीबाट मानिसलाई कम से कम ४ महिनासम्म इम्युनिटी प्राप्त हुने देखिएको हो।

यो पहिलो अध्ययन हो, जसले यति लामो समयसम्म इन्टीबडीबाट इम्युनिटी बनिरहने दाबी गरेको हो। आइसल्यान्डको एउटा बायोटेक कम्पनी डीकोड जेनेटिक्सले यो अध्ययन गरेको हो। यो अध्ययनको नतिजा दी न्यु इंग्ल्यान्ड जर्नल फ मेडिसिनमा प्रकाशित भएको छ। 

यसअघि भएका सीमित अध्ययनहरुका नतिजाले एन्टीबडी केही समयमै नष्ट हुने देखाएका थिए। तर आइसल्यान्डको यो अध्ययनका साथ प्रकाशित सम्पादकीयमा लेखिएको छ कि यो नतिजाले एउटा आशाको किरण जगाएको छ कि यो एन्टीबडीबाट प्राप्त हुने संक्रामक भाइरसविरुद्धको इम्युनिटी तुरुन्त नष्ट हुँदैन। – एजेन्सी