काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २६ करोड ७१ लाख ३१ हजार २०० रुपैयाँको कुल २६.३१५७८९४ प्रतिशतले हुन आउने ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँबराबरको बोनस सेयर र १.३१५७८९४ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।