काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि ३ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ। 

संस्थाले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राख्न लागेको हो। यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १२ गते बैंकिङ समयसम्म तोकिएको छ।