काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ४ गतेदेखि ३ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ। 

संस्थाले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १२ गते बैंकिङ समयसम्म तोकिएको छ।