काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशतले हुन आउने ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago