काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा अघिल्लो वर्षको तुलनामा २५३.२० प्रतिशतले वृद्धि गरेको छ । 

चौथो त्रैमास विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले १ करोड १० लाख खुद नाफा आर्जन गरेको थियो । 

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी ११ करोड ५१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षमा ६ करोड ९ लाखमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ करोड ४५ लाख रुपैयाँमा समीति थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ३ करोड १४ लाख रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो वर्ष १ करोड ४२ लाख रुपैयाँ थियो । 

संस्थाले समीक्षा अवधिमा १ अर्ब १९ करोड ८२ सापटी लिई १ अर्ब ८९ करोड २६ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको यसै अवधिमा संस्थाले ८९ करोड ७२ लाख सापटी लिई १ अर्ब २७ करोड ५३ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ थियो।

अघिल्लो वर्ष ७६ हजार रुपैयाँमा सीमित संस्थाको जगेडा कोष समीक्षा अवधिमा ३ करोड ८९ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी १८.८९ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात २०.९१ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११८.७८ रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य भने ९८२.९२ रुपैयाँ रहेको छ ।