काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो समय भनेका छ कि सबै बैैंकहरुले आफ्नो ऋणिहरुलाई साँवाब्याज भुक्तानीमा ३ महिनाको राहात दिनू । 

तर, एक अध्ययनअनुसार यो सुुविधाको बाहानामा साइबर अपराधी ग्राहकहरुसँग धोकाधडी गरिरहेका छन् । 

आफ्नो किस्ता काट्न रोक्ने बाहानामा तिनीहरु मानिसलाई फोन गरिरहेका छन् र वान टाइम पासवर्ड(ओटीपी) बताउन आग्रह गरिरहेका छन् । ओटीपी मिल्ने बित्तिकै साइबर अपराधीले तपाईको खाताबाट रकम ट्रान्सफर गर्छन् । 

केही समयअघि नेपाल बैंकर्स एशोसिएसन र त्यसपछि कतिपय वाणिज्य बैंकहरुले समेत दैनिक रुपमा आफ्ना ग्राहकहरुलाई यस्ता ठगहरुसँग सतर्क रहन सल्लाह दिइरहेका छन् । 

बैंकहरुका अनुसार साइबर अपराधीले ठगी गर्ने नयाँ नयाँ तरिका खोजिरहेका हुुन्छन् । अलर्ट रहनुु नै यसको समाधान भएको बैंकको दाबी छ । इएमआइ रोक्न ओटीपीको जरुरत नपर्ने बैंकको भनाइ छ । कसैलाई पनि ओटीपी नभन्न बैंकहरुले सचेत गराइरहेका छन् । 

यस्तो अवस्थामा ग्राहकसँग ३ विकल्प हुन्छ । इएमआइ नियमित गर्ने, आवेदन दिएरै तीन महिना इएमआई रोक्का गर्न सक्ने र यदि इएमआई डेबिट भइसकेको भए रिफण्ड गर्न आवेदन पनि दिन सकिन्छ ।

केन्द्रीय बैंकले पछिल्लो समय सबै बैंकहरुलाई असारसम्मको साँवब्याज भुक्तानीका लागि ऋणिहरुलाई तागेता नगर्न भनिसकेको छ । यो अवस्थामा समयमै साँवाब्याज तिर्नेलाई भने १० प्रतिशत छुट दिनुपर्ने नियम ल्याइएको छ । 

यो निर्णय लकडाउनमा मानिसहरुलाई राहत दिनका लागि गरिएको थियो, तर  यसको मतलब यी महिनाको किस्ता कहिल्यै दिन नपर्ने भन्ने होइन, बरु ऋणको समय ३ महिना बढाइएको मात्र हो ।