काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ‘ए’ निष्कासनकर्ता रेटिङ पाएको छ।
इक्रा नेपालले एलआईसी नेपाललाई (इक्राएनपी–आईआर) ए निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्।
यस्ता निकायमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले स्पष्ट पारेको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।
28 minutes ago
32 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago