काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले महालक्ष्मी विकास बैंक लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।
रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थिति लाई जनाउँछ। यसको अर्थ (इक्राएनपी–आईआर) बीबी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ भने (इक्राएनपी–आईआर) बीबी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।
8 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago