काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई विगतमा प्रदान गरेको ‘इक्रा एनपी’ एएमसी क्वालिटी थ्री (एएमसी थ्री) रेटिङलाई सोही वर्गअन्तर्गत ‘इक्रा एनपी’ एएमसी क्वालिटी थ्री प्लस (एएमसी थ्री प्लस) मा स्तरोन्नति गरेको छ। 

यो रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्थ हुन सकिने भनी निर्धारण गरिएको हुन्छ।

इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कानुनी पालना, वित्तीय कार्यसम्पादन तथा भविष्यको कार्य सम्पादनबारेको राय भने होइन।

इक्रा नेपालले ‘एएमसी वान’ देखि ‘एएमसी फाइभ’ सम्मको स्केलमा रेटिङ प्रदान गर्दछ। जसमा ‘एएमसी वान’ ले अति उच्च मात्रामा ब्यवस्थापन गुणबारे आश्वस्थ मानिने र ‘एएमसी वान फाइभ’ले कमजोर व्यवस्थापन गुण जनाउँछ। गुणता रेटिङ २, ३ र ४ मा प्रयोग गरिने प्लस (जोड) चिह्नले त्यस वर्गको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।