काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले बैंक अफ काठमाण्डू लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ।

(इक्रा–आईआर) बीबीबी रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्रा–आईआर) एलबीबीबी रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्रा नेपालले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, उसले भनेको छ। 

ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको नजनाउनले पनि इक्रा नेपालले जनाएको छ। ‘यसका साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्यबारेको टिप्पणी पनि होइन’, इक्राले भनेको छ। 

रेटिङ वर्ग (इक्रा–आईआर) एए देखि (इक्रा–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले संबन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्रा–आईआर) बीबीबी प्लसको स्थिति (इक्रा–आईआर)बीबीबीभन्दा एक चिह्न माथि रहन्छ जब कि (इक्रा–आईआर)बीबीबी माइनसको स्थिति (इक्रा–आईआर) बीबीबीभन्दा एक चिह्न तल रहन्छ।