काठमाण्डौ। प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले न्यू इग्निसको पुनर्सज्जा सार्वजनिक गरेको छ। 

न्यु इग्निसले शानदार अग्रभागयुक्त एसयूभी डिजाइन, फराकिलो र जबरजस्त पछिल्लो भाग तथा उच्च सिटिङ अवस्थिति प्रदर्शन गर्दछ। यसमा थपिएका एसयुभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश छन्। 

जबरजस्त डिजाइन, उच्च सिटिङ अवस्थिति र उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यू इग्निसलाई एउटा परिपूर्ण कम्प्याक्ट अर्बन एसयुभी बनाएको छ। यसमा थपिएका सुखद विशेषतामा आरामदायी र फराकिलो भित्री भाग, हालसालै विकसित सुरक्षा विशेषता, यस वर्गका कारहरुमै अब्बल ड्राइभिङ सामथ्र्य र गतिशीलता हो। न्यु इग्निसमा १.२ लिटर बीएस६ कम्प्लायन्ट पेट्रोल इन्जिन छ। जसले सजिलो तथा आरामदायी ड्राइभिङ अनुभूति प्रदान गर्दछ। 

पूरै नयाँ बाहिरी भाग

न्यु इग्निसको विशिष्ट डिजाइनलाई एसयूभी डिजाइनका तत्वहरु समावेश गरेर सशक्त बनाइएको छ। अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई स्थिर स्वरुप दिएको छ। उच्च सिटिङ पोजिसन, जबरजस्त र फराकिलो आकारसहितको पछिल्लो फेसिया, रुफ रेल र स्पोइलरले यसको एसयूभी विशेषतालाई अझै माथि उकासेका छन्। भव्य डीआरएलएसबाट सुसज्जित प्रभावकारी तथा व्यवस्थित एलईडी प्रोजेक्टर हेडल्याम्पले न्यु इग्निसमा देखिने भव्यतालाई अझ बढी प्रस्ट पारेको छ।

फराकिलो र आरामदायी भित्री भाग (इन्टेरियर)

न्यु इग्निसको फराकिलो क्याबिनमा विशिष्ट डुअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक र नयाँ आधुनिक ढाँचा देख्न पाइन्छ। ड्यासबोर्डको विशिष्ट लिनियर डिजाइनले क्याबिनमा प्रशस्त खुला ठाउँको अनुभूति दिलाउँछ। सिग्नेचर नेक्साको निलो रङसँग पंक्तिबद्ध हुँदै ब्लू हाइलाइटले यसको केन्द्रीय ढाँचालाई सजाएको छ। न्यु इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो छ। 

इन्जिन तथा ट्रान्समिसन

न्यु इग्निसमा बीएस६ कम्प्लायन्ट १.२ लिटर भीभीटी पेट्रोल इन्जिन छ, जसले जोशिलो कार्यसम्पादन सुनिश्चित गर्दछ। यो आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने गरी पूर्ण रुपमा सुधार गरिएको इन्जिन हो। 

सुपेरियर सेफ्टी

नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ। नयाँ इग्निसका सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन सिस्टम र इबीडीसहितको एबीएस रहेको छ। 

हार्टटेक्ट प्ल्याटफर्मको पाँचौँ पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ।

मूल्य

इग्निस डेल्टा – ३१ लाख ४९ हजार रुपैयाँ

इग्निस जेटा – ३४ लाख ४९ हजार रुपैयाँ

इग्निस अल्फ – ३७ लाख ४९ हजार रुपैयाँ