काठमाण्डौ । आज दिनभरको कारोबारमा सेयर बजार सूचकमा बढोत्तरीसँगै २ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ।
दैनिक चार्टअनुसार प्राविधिक रुपमा हेर्ने हो भने इचिमोकुमा ३ महिनापछि बुलिस क्रसओभर बनेको छ। (हेर्नुहोस् कालो एरो)
यसअघि यस्तै बुलिस क्रसओभर गत २६ अगस्टमा बनेको थियो (हेर्नुहोस् हरियो एरो)। यसरी बुलिसक्रस बन्दा बजारमा बढोत्तरी आएको थियो।
योसँगै क्यान्डलहरु पनि क्लाउड पोजिसनमा पसेका छन् भने २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखालाई काटेर माथि गएको छ। यो हिसाब प्राविधिक रुपमा चल्नेहरुका लागि इचिमोकुले खरिदका लागि सिग्नल दिएको मान्न सकिन्छ।
आज बजार २ अर्ब रुपैयाँभन्दा बढीको भोलुमसहित १९६० को विन्दुभन्दा माथि बढेर बसेका कारण पनि बजार मजबुत रहेको देखिन्छ।
आरएसआईमार्फत हेर्दा आज बजार ६० को तहमा बसेको देखिन्छ। यदि अघिल्लोपटकको प्रतिरोधको विन्दु ६२ लाई ब्रेक गरेर माथि पुगेमा बजारमा थप उचाइ लिन सक्ने देखिन्छ।
आज हरियो लामो बुलिस मारुबुजु क्यान्डल बनेकोले आगामी दिनमा पनि बजारमा बढोत्तरीको सम्भावना देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago