काठमाण्डौ । आज सेयर बजार दिनभर नै बढेर बन्द भएको छ। बिहान सुरुआती चरणदेखि नै बढेको बजार अन्तिम समयमा ४ अंकले मात्रै बढेर बन्द भएको छ।
दिनभरको कारोबारमा आज बजार बढेर १९५० सम्म पुगेको थियो। कारोबार तथा भोलुमका हिसाबले बजारलाई हेर्दा अघिल्लो दिनको तुलनामा आज सुधार भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा डेली बेसमा सुटिङ स्टार बनेको छ। यसले बजारमा नाफा बुक भएको देखिन्छ।
डेली बेसमै इचिमोकुमार्फत हेर्दा बजारले विस्तारै अप ट्रेन्ड लिँदै गरेको देखिन्छ। बजारमा हेरिने धेरै इन्डिकेटरमध्ये यो इन्डिकेटर बढी विश्वासिलो मानिन्छ। किनकि यसले ढिलो संकेत दिन्छ तर विश्वासिलो हुन्छ। इचिमोकु आफैँमा धेरै इन्डिकेटर मिलेर बनेको एउटा इन्किेटर हो।
पछिल्लोपटक डेली बेसमा इचिमोकुमार्फत हेर्दा बजार करिब–करिब बुलिस यात्रामा रहेको देखिन्छ। इचिमोकुमा लिड–१ लाई लिड–२ ले काटेर माथि गएको छ। योसँगै क्लाउड पोजिसन पनि रातोबाट हरियो बनेको छ। (हेर्नुहोस् रातो एरो)
त्यसैगरी कन्भर्जन लाइनले बेस लाइनलाई तलबाट काटेर माथि गएको छ। अर्थात् बुलिस क्रसओभर बनेको छ। (हेर्नुहोस् हरियो एरो)
योसँगै मूल्यरेखाहरु क्लाउड पोजिसनमा पसेका छन्। यसका साथै २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखाभन्दा माथि पुगेको छ। बजारको बुलिस कन्फर्मेसनका लागि भने मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा माथि चल्नुपर्ने हुन्छ। अहिले नै त्यो भइसकेको अवस्था भने होइन। तर, क्लाउडको रङ रातोबाट हरियो बन्दै गएकोले बजार इचिमोकुको डेली बेसमा बुलिस मुमेन्टम बन्दै गरेको भन्न सकिन्छ। इचिमोकुमा हुने ६ स्टेपमध्ये ३ स्टेपले बजार बुलिस बन्दै गरेको देखिन्छ।
पिभटमार्फत हेर्दा बजारले आज १९५० मा पहिलो कडा प्रतिरोधको सामना गरेको देखिन्छ। यदि यहाँबाट पनि माथि जान्छ भने बजारले क्रमशः २०३४ र २०९० मा प्रतिरोधको सामना गर्न सक्छ। घटेमा भने बजारले पिभट प्वइन्ट १८९३ मा बलियो सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमापूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago