काठमाण्डौ । पहिलोपटक इजरायलको तेल अभिभ बसोबासका लागि विश्वकै महँगो सहर बनेको छ। 

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) हालै गरेको एउटा सर्वेक्षणबाट तेल अभिभ बसोबासका लागि विश्वकै महँगो सहर बनेको छ। यसअघि तेल अभिभ पाँचौँ स्थानमा थियो। 

इजरायलको राष्ट्रिय मुद्रा सेकेल डलरको तुलनामा महँगो भएकै तेल अभिभ पहिलोपटक ४ स्थानमा माथि उक्लिँदै बसोबासको हिसाबले सबैभन्दा महँगो सहर बन्न पुगेको हो। 

विश्वमै इजरायलले सबैभन्दा छिटो कोभिडविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्न सफल भएको थियो। त्यहाँ करिब ६२ प्रतिशत जनताले पूर्ण खोप लगाएका छन्। 

विश्वकै दोस्रो महँगो सहरमा फ्रान्सको पेरिस रहेको छ। सिंगापुर तेस्रो स्थानमा रहेको छ भने जुरिच चौथो स्थानमा छन्।

बसोबारको हिसाबले हङकङ पाँचौँ महँगो सहर बनेको छ। छैटौँमा न्युयोर्क र सातौँमा जेनेभा रहेका छन्।

कोपनहेगन, लस एन्जेलस र ओसाका क्रमशः आठौँ, नवौँ र दसौँ महँगा सहर साबित भएका छन्। – एजेन्सी