काठमाण्डौ। सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि पठाइने १ हजार ६०० जना नेपाली कामदारको नाम सिफारिस भएको छ। 

वैदेशिक रोजगार विभागले आइतबार इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट १ हजार ६०० जना नेपालीको नाम सिफारिस गरेको हो। विभागले अंग्रेजी भाषा परीक्षा उर्तीण गरी अन्तर्वार्तामार्फत छनोट भएका ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) लाई सिफारिस गरेको हो।

विभागबाट सिफारिस भएकामध्येबाट पीआईबीएले कामदार छनोट गर्नेछ। त्यसपछि पीआईबीएले तीमध्ये १ हजार ४०० को रोस्टर तयार गर्ने र त्यसबाट १ हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ। 

यसरी छनोट भएका कामदार र रोजगारदाताबीच सम्झौता हुनेछ। त्यसपछि ती कामदार इजराल जान पाउनेछन्।

छानिएका कामदार जाँदा लाग्ने शुल्क रोजगारदाताले नब्यहोरेमा कामदार स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने हुन्छ। 

इजरायलमा मासिक कमाइ डेढ लाख रुपैयाँभन्दा बढी हुनेछ। भिसा अवधि ५ वर्षको रहेको छ।