काठमाण्डौ । जगदम्बा मोटर्सले इटहरीमा टिभिएस बाइकको सोरुम खोलेको छ । शंकर ग्रुप अन्तर्गतको टिभिएसको सोरुमको स्थानीय व्यवस्थापन पारस अटोमोवाइल्सले गर्नेछ । 
 

यो सोरुमबाट टिभिएसका बाइक तथा स्कूट उपलब्ध हुनेछन् । टिभिएसका अपाचे १६० सिसी, अपाचे १८० सिसी, जुपिटर, विगो, जेस्ट, स्पोर्टस १००, फिनिक्स १२५ र स्टारसिटी प्लस ११० उपलब्ध हुनेछन् ।

इटहरीको सोरुम थपिएसँगै नेपालभर ६५ वटा सर्टिफाइड सर्भिस प्वाइन्ट र सोरुमको संख्या ६१ वटा पुगेका छन् । सोरुमबाट सेल्स, सर्भिस र स्पेयर्स सेवा समेत उपलब्ध हुने बताइएको छ ।