इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिँदा उपमेयरमा भने गठबन्धनका उम्मेद्वार पछाडि परेका छन् । 

मेयरतर्फ गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका हेमकर्ण पौडेल मतान्तर बढाउँदै अगाडि बढेका छन् भने उपमेयरमा भने गठबन्धनबाट नेकपा एसका उम्मेद्वार केशवकुमार बिष्ट पछाडि परेका छन् । 

इटहरीमा १३३१ मत गणना हुँदा पौडेलले ६६८ मत पाएका छन् भने एमालेका यामकुमार सुब्बा ४४६ मतसहित पछ्याइरहेका छन् । 

उपमेयरमा एमालेकी संगीता चौधरीले ५०६ मत पाउँदा गठबन्धनतर्फका एकीकृत समाजवादीका उम्मेदवार केशव विष्टले् ४१७ मत मात्रै पाएका छन् । सुरुवाती अवस्थामा भने विष्ट चौधरीभन्दा अगाडि थिए ।