काठमाण्डौ । इन्टेक्स टेक्नोलोजीले अक्वा स्मार्टफोन सेरिजअन्तर्गतको नयाँ संस्करण अक्वा रिङ (Aqua Ring) नेपालमा लञ्च गरेको छ । मोवाइलको मूल्य नेपाली रुपैयाँ ९ हजार १ सय ९९ राखिएको कम्पनीले जनाएको छ । 

मोवाइलमा १ जीबीको र्याम, ८ जीबीको रोम, ५ इञ्चको ड्रागनट्रेल एचडी डिस्प्ले लगायतका विशेषता छन् । मोवाइलमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेर रहेको छ ।

थोरै लगानीका स्टाइलिस स्मार्टफोन बोक्न चाहनेका लागि अक्वा रिङ मोवाइल उपयुक्त हुने इन्टरनेशनल विजिनेश इन्टेक्स टेक्नोलोजीका डिजीएम विश्वास अग्रवालले बताएका छन् । 

सीजी इलेक्ट्रोनिक्सका सिनियर जिएम रमेश श्रेष्ठका अनुसार ठूलो चाडपर्वको अवसरमा नेपाली ग्राहकहरु अनुकुल इन्टेक्सका नवीन प्रोडक्टहरुलाई नेपाली बजारमा ल्याइएको हो । 

इन्टेक्सको यो पछिल्लो संस्करणमा ५ एमपीको क्यामेरा रहेको र यसले क्लियर फोटोग्राफसहितको सेल्फी खिच्न मिल्ने बताइएको छ । यसको क्यामेरामा पानोरामा मोड, गेस्चर क्याप्चर र स्माइल डिटेक्सनको सुविधा समेत राखिएको छ । 

यस्ता छन् मुख्य  विशेषता :
-५ इञ्चको एचडी ड्रागन ग्लास डिस्प्ले
-१ जीबीको र्याम
-५ एमपीको प्राइमरी क्यामेरा र ५ एमपीकै फ्रन्ट क्यामेरा
-१.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर
-MTK 6580A
चिपसेट
-२४५० मेगाहर्जको ब्याट्री
-ड्रागनट्रेल ग्लास प्रोटेक्सन