IME General Insurance Ltd.
काठमाण्डौ । लामो समयदेखि एनबी इन्स्योरेन्सको नाममा कारोबार गरिरहेको कम्पनीको नाम परिवर्तन भएको छ । यो कम्पनीको मंगलबार राजधानीमा सम्पन्न २० औं वार्षिक साधारणसभाले एनबी इन्स्योरेन्स नामलाई हटाएर आइएमई जनरल इन्स्योरेन्स लिमीटेड राख्ने प्रस्ताव पारित गरेको हो ।
इन्स्योरेन्सको संचालक समिति अध्यक्ष आइएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल रहेका छन् ।
कम्पनीको नाम र लोगो परिवर्तन सम्बन्धी प्रस्तावलाई सभाले स्वीकृत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब कम्पनीको नाम आईएमई जनरल इन्स्योरेन्स लिमिटेड हुने र सो सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गरिएको छ ।
यसैबीच, एनबीबाट आइएमई जनरल इन्स्योरेन्समा रुपान्तरण भएको यो बिमा कम्पनीले चालुु आर्थिक वर्षभित्र १९ वटा नयाँ शाखा तथा सम्पर्क कार्यालय स्थापनासँगै ७ वटै प्रदेशमा प्रभावकारी ढंगले बिस्तार हुने घोषणा गरेको छ ।
बार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले देशभर प्रधान कार्यालय सहित २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कुुल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेकोमा चालु आ.ब.मा थप १९ स्थानमा शाखा तथा सम्पर्क कार्यालय बिस्तार गरी ७ वटै प्रदेशका विभिन्न स्थानबाट शाखा, सम्पर्क कार्यालय तथा सेवा काउण्टर गरी ५१ स्थानबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्ने जानकारी दिए ।
आ.ब. २०७३/०७४ को बार्षिक साधारणसभा सम्पन्न गर्ने यो पहिलो बिमा कम्पनी हो ।
गत आर्थिक वर्षको साधारण सभाबाट पारित भए बमोजिम १ः१ को अनुपातमा हकप्रद शेयर निस्काशन गरी कम्पनीको चुक्ता पूंजी रु.५४ करोड पुर्याएको यो कम्पनीले मंगलबारको साधारण सभाबाट १०ः८ (दश शेयर बराबर आठ शेयर) अनुपातको पुनः हकप्रद शेयर निश्कासनको प्रस्ताव समेत पारित गरेको छ । ८० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी ९७ करोड २० लाखको उचाईमा पुुग्नेछ ।
नेपाली बीमा बजारमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दिर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने र शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्यका साथ कम्पनी अगाडी बढिरहेको ढकालले सभामा जानकारी गराएका थिए ।
राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडी बढाउने क्रममा जनकपुर, बर्दिवास, ओखलढुंगा र सोलुखुम्बुको सल्लेरी स्थित शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको र देशको कुना कुनासम्म बीमा पहुंच विस्तार गर्दै लाने रणनीति रहेको सो क्रममा बताइएको थियो ।
सभामा अध्यक्ष ढकालले कम्पनीले चालु आ.ब.को आश्विन ७ गतेसम्ममा करिब रु.१४ करोड प्रिमियम संकलन गरी लगानीमा रु.७३ करोड ६७ लाख पुर्याउन सक्षम भएको पनि बताएका थिए।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago