काठमाण्डौ । इन्टरनेट बढ्यो प्रयोगमाथि विश्वका केही देशहरुले अंकुश लगाउने काम गरिरहेको छ।

अमेरिकी कम्पनी फ्रिडम हाउसको प्रतिवेदनअनुसार विगत ११ वर्षमा स्वतन्त्र रुपमा इन्टनरनेट प्रयोग गर्ने क्रम घटिरहेको छ। इन्टरनेटको प्रयोगमा अंकुश लगाउनुले लगातार गिरावट आइरहेको प्रतिवेदनमा जनाइएको छ। 

इन्टरनेटको प्रयोगमा अंकुश लगाउने देशको सूचीमा चीन अगाडि रहेको छ। त्यस्तै इरान, म्यानमार, पाकिस्तान, बेलारुस, युगान्डा, क्युवा, भियतनाम, साउदी अरबलगायत देशमा यो सूचीमा टप १० देशभित्रै पर्छन्। 

चुनावी र संवैधानिक संकटका बीच यी देशका सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाउने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। 

त्यस्तै पछिल्लो १ वर्षमा ४८ देशहरुले टेक कम्पनीहरुका कन्टेन, डेटा र प्रतिस्पर्धाका लागि नयाँ नियम लागू गरेका छन्। केही मामिलाबाहेक अधिकांश नियम टेक कम्पनीहरुको निजी डेटासम्म पहुँच पुर्याउनका लागि यस्ता नियम लागू गरिएका छन्। 

इन्टरनेटको प्रयोगमा आइसल्यान्ड सबैभन्दा उदार देखिएको छ। त्यस्तै एस्टोनिया, क्यानडा, कोस्टारिका, ताइवान, जर्मनी, फ्रान्स, बेलायत, जर्जिया र जापानमा इन्टरनेट प्रयोगको स्वतन्त्रता अब्बल मानिएको छ। –एजेन्सी