काठमाण्डौ । नयाँ प्रविधि र सुविधाहरूको साथ प्रयोगकर्ताहरुलाई अविश्वसनीय गेमिङ र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आई आज माघ १९ बाट दराजबाट डेलिभरी हुने भएको छ।

अक्टा-कोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८” इन्फिनिटी-ओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाड-क्यामेरा सेटप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ् उपलब्ध इन्फिनिक्स नोट आई साँच्चिकैमा गेम चेन्गर फोन मानिन्छ। 

यस फोनको मूल्य रु. २१ हजार ४९० रहेको छ। यस मूल्यमा अन्य कुनै स्मार्टफोनले त्यस्तो उल्लेखनीय सुविधाहरू र क्षमताहरू प्रदान गर्दैन । त्यसैले इन्फिनिक्स नोट ८ आईलाई गेम चेन्जरू फोन भनिन्छ। यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो, जो एक किफायती मूल्यमा एकदमै सुलभ स्मार्ट फोन खरिद गर्न चाहन्छन्।