काठमाण्डौ । नेपाल एग्रो लघुवित्त प्राप्ति प्रक्रियालाई टुंगो लगाउन इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डोकेको छ।

संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो असार २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट भिडियो÷टेलिकन्फरेन्सका माध्यमबाट हुने जनाइएको छ।

सभाले नेपाल एग्रो लघुवित्तर्ला प्राप्ति गर्ने सम्बन्धमा सञ्चालन समितिका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन छलफल गरी पारित गर्नेछ। 
सभाले प्राप्ति प्रयोजनका लागि मूल्यांकर्ताबाट प्राप्त १००ः९८ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। यसको अर्थ प्राप्ति नेपाल एग्रो लघुवित्तका सेयरधनीले १०० बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर पाउनेछन्। 

यसैगरी सोही सभाले प्राप्ति प्रयोजनका लागि भएका अन्तिम सम्झौता, सञ्चालक र मर्जर समितिबाट भए गरेका कामकारबाही र निर्णयहरु अनुमोदन गर्नेछ। 

सभा प्रयोजनका लागि संस्थाले असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ७ गतेसम्म कायम सेयरधनीहरुमात्र विशेष साधारणसभा भाग लिन योग्य हुनेछन्।