काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा संस्थाको नाफामा ८८.३२ प्रतिशतको संकुचन आएको छ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १४.०४ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.६९ प्रतिशत थियो। खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेर ५ करोड ६५ रुपैयाँ भएको छ। गत वर्ष यस्तो चार्ज १ करोड ११ लाख रुपैयाँले ऋणात्मक थियो।
इम्पेयरमेन्ट चार्ज बढ्दा सस्थाको नाफा प्रभावित भएको देखिन्छ।
यो अवधिसम्म संस्थाले १ करोड ९४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १६ करोड ९० लाख रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ८८.८४ प्रतिशतको गिरावट आएको छ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २४.१९ प्रतिशतले घटेर १९ करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २५ करोड ४७ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ७२ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको आकार ९.१२ प्रतिशतले बढेर १५ करोड ७४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १५ करोड ३४ लाख रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.७० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ३१.७३ रुपैयाँ थियो। पीई रेसियो २२१.०६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३६.११ रुपैयाँ रहेको छ।
12 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago