काठमाण्डौ । इन्फिनिटी लघुवित्तको आइपीओमा मागभन्दा ११ गुणा बढी आवेदन परेको छ । 

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका अनुसार देशभरबाट यो कम्पनीको आइपीओमा बिहीबार साँझसम्म ३ लाख ३० 
हजार १३० आवेदकले ६७ लाख १० हजार ८०० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

यो कम्पनीले कुल ६ लाख ७४ हजार ३०० कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये ३३ हजार ७०० म्युचुअल फण्डका लागि १० हजार ३७० कित्ता कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ । बाँकी कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो । 

यो कम्पनीको आइपीओमा जेठ १६ गतेभित्र आवेदन दिन सकिने व्यवस्था थियो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७० कित्तासम्मका लागि आवेदन दिने सुविधा उपलब्ध भए पनि अधिकांशले १० कित्ताका लागि आवेदन दिएका छन् ।

अधिकांश लघुवित्त संस्थाहरुको आइपीओमा अचाक्ली आवेदन पर्ने गरेको छ । परेका आवेदनमध्येबाट १० कित्ताको दरले गोलाप्रथामा भाग्यमानी प्रमाणित हुनेले मात्र सेयर पाउनेछन्।

आइपीओपछि कम्पनीको चुक्तापूँजी बढेर २० करोड ७० लाखको उचाईमा पुग्नेछ ।