काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को सबै वित्तीय सूचकमा छलाङ मारेको छ । 

संस्थाले खुद नाफा अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा चौथो त्रैमास विवरणअनुसार २१३.९४ प्रतिशतले बढाउन सफल भएको छ । संस्थाले समीक्षा अवधिमा खुद नाफा ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले १ करो १३ लाख खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा झन्डै २ करोड ६२ खुद नाफा बढी कमाउन सफल भएको छ ।

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी ९ करोड २३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षमा ३ करोड ३८ लाखमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ करोड ५१ लाखमा समीति थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ३० लाख रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो वर्ष ६९ लाख रुपैयाँ थियो । 

यस्तै समीक्षा अवधिमा संस्थाले ७९ करोड ६९ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४६ करोड ऋण प्रवाह गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा संस्थाले ६३ करोड ४७ लाख रुपैयाँ सापटी लिई ८१ करोड ६४ लाख ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी २० करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी १४ करोड थियो । 

संस्थाले जगेडा कोषमा ६९८.७८ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ५३ लाख ३७ हजारमा सीमित जगेडा कोष संस्थाको समीक्षा अवधिमा ४ करोड २६ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी १८.०९ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात २०.८४ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.५६ रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य भने ७८४.८२ रुपैयाँ रहेको छ ।