काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको सञ्चालक समितिको गत शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आगामी पुस १८ गते नवलपुरको विजयचोकमा आयाजना गर्ने निर्णय गरेको हो ।

सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्त गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने र सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा मर्जर र एक्विसिजनसम्बनधी अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभामा पारित हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्ता पुँजीको १० प्रतिशतले हुने आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनसहित) पारित हुनेछ ।

यसैगरी संस्थाको पुँजीबढाउनका लागि बोनस सेयर वितरणपश्चात कायम हुन आउने चुक्ता सेयर पुँजीको २५ प्रतिशतले अर्थात् ४ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसैबीच संस्थाले लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ पुस ४ गतेदेखि पुस १८ गतेसम्म बुक क्लो गर्ने निर्णय गरेको छ । यसको अर्थ संस्थाको लाभांश र साधारणसभामा भाग लिन पुस ३ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।