काठमाण्डौ । धितोपत्र कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) मा संलग्न नेटफिलिक्स कम्पनीका पूर्वकर्मचारीलाई अमेरिकामा २ वर्ष जेल सजाय र १५ हजार अमेरिकी डलर जरिवाना सुनाइएको छ। 

पेसाले इन्जिनियर रहेका नेटफिलिक्सका पूर्वकर्मचारी सङ मो जुनमाथि कार्यरत रहेको अवस्थामै र कम्पनी छाडिसकेपछि पनि धितोपत्र कारोबारमा गोप्य सूचना चुहाएर ३० लाख डलरबराबर कमाइ गरेको आरोप लागेको थियो। उक्त आरोप प्रमाणित भएपछि वासिङ्टनको पश्चिम जिल्ला अदालतले सङलाई कैद सजायसँगै जरिवानाको फैसला सुनाएको होे। 

वासिङ्टन पोस्टका अनुसार सङ र उनका नजिकका साथी जुन्वो चोहन मिलेर धितोपत्र कारोबार गर्दा गोप्य सूचना चुहाएका थिए। उक्त आरोपमा जुन्वोलाई पनि १४ महिना जेल सजाय र १० हजार अमेरिकी डलर जरिवाना तिराइएको छ। 

सङले सन् २०१६ को जुलाईदेखि २०१७ को फेब्रुअरीसम्म नेटफिलिक्समा काम गरेका थिए। – एजेन्सी