– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालमा सञ्चालित राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये लुम्बिनी विकास बैंक एउटा हो। काठमाण्डौको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको यो बैंकले देशभर ८९ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
गत आािर्थक वर्षको चौथो त्रैमाससम्म लुम्बिनी बैंकको चुक्तापुँजी ३ अर्ब ३८ करोड रुपैयाँ र रिटेन्ड अर्निङ ३९ करोड २७ लाख रुपैयाँ रहेको छ। बैंकको रिजर्भमा २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८२.१७ रुपैयाँ, प्रतिसेयर आम्दानी (ईपीएस) १८.११ रुपैयाँ, रिटर्न अन इक्विटी ९.९४ प्रतिशत र मूल्य आम्दानी अनुपान (पीई रेसियो) २१.५३ गुणा रहेको छ।
फियर एन्ड ग्रिडका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंकको सेयरभाउ हाल न्युट्रल जोनमा रहेको छ। यो भनेको लगानीकर्ताको सेन्टिमेन्ट सामान्य रहेको भन्ने हो। बैंकको प्रतिकित्ता ५२ साताको न्यून ३०५ रुपैयाँ र उच्च मूल्य ४५१ रुपैयाँ रहेको छ। बैंकको प्रतिकित्ता अन्तिम कारोबार मूल्य ३९० रुपैयाँ रहेको छ। बैंकमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ।
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार तथा कम्पनीको मूल्य माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
इलिअट वेभबाट हेर्दा हाल यो बैंकको सेयरभाउमा सानो टाइम फेरेमको वेभ ५ चल्दै गरेको देखिन्छ। बैंकको न्यून मूल्य ३०४ रुपैयाँदेखि ४०० रुपैयाँसम्म वेभ १, त्यसपछि करेक्सन भएर वेभ २ मा ३०६ रुपैयाँसम्म, वेभ ३ मा बढोत्तरीका साथ ४५५ रुपैयाँसम्म र वेभ ४ मा करेक्सन भएर पुनः ३७७ रुपैयाँसम्म झरेको देखिन्छ। यो बैंकको सेयरमा अब वेभ ५ को बढोत्तरी हुन सक्ने देखिन्छ। त्यो भनेको ५५० रुपैयाँसम्म यो बैंकको सेयरभाउ अबको ६ महिनादेखि १ वर्षभित्रमा पुग्न सक्ने देखिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डमार्फत लुम्बिनी बैंकको सेयरलाई डेली बेसमा हेर्दा मध्य ब्यान्डमा साइडवेज चलेको देखिन्छ। मध्य ब्यान्डमा आज ह्याम्मर प्रकृतिको क्यान्डल बनेको छ। अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी कम हुँदै गएको छ। यसले यो बैंकको सेयरभाउमा अल्पकालमा बढोत्तरीको सम्भावना देखिन्छ।
त्यसैगरी म्याक्डीमार्फत हेर्दा केही समयपहिले बुलिस क्रसआभर बनेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा बनेका छन्। आरएसआई पनि न्युट्रल जोनमा चलेको छ।
तीनवटै इन्डिकेटरमार्फत लुम्बिनी विकास बैंकको सेयरभाउलाई हेर्दा निकट भविष्यमा अल्पकालीन बाउन्स ब्याकको सम्भावना देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ३९८
घटेमा सपोर्ट
निष्कर्ष
विकास बैंकहरुमा लुम्बिनी आधारभूत रुपमा ठीकै रहेको देखिन्छ। यो बैंकको रिटर्न अन इक्विटी ९.९४ प्रतिशत र प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको छ। यो बैंक अल्पकालीन र दीर्घकालीन दुवै लगानीकर्ताका लागि उपयुक्त देखिन्छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको खराब कर्जा बढेको छ भने रिटर्न अन इक्विटी पनि पुँजी बढ्दा घट्न पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको जगेडा कोष १६ प्रतिशतले बढेको छ।
प्राविधिक रुपमा हेर्दा लुम्बिनी विकास बैंकको सेयरमा इलिअट वेभमा वेभ ५ बाँकी नै रहेकोेले सेयरभाउ ५५० रुपैयाँदेखि ६०० रुपैयाँसम्म सहज रुपमा पुग्न सेक्ने देखिन्छ। हाल दोस्रो बजारमा प्रतिकित्ता ३९० रुपैयाँमा यो बैंकको सेयरको अन्तिम कारोबार भएको छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
11 hours ago
16 hours ago
16 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
21 hours ago
21 hours ago