– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालका जीवन बीमा कम्पनीहरुमध्ये नेसनल लाइफ इन्स्योरेन्स पनि एउटा हो। सन् १९८८ मा स्थापित यो कम्पनीले लामो बीमा व्यवसायको इतिहास बोकेको छ।
यो कम्पनीले ग्राहक सेवा र सन्तु्ष्टिलाई ध्यानमा राख्दै पारिवारिक बीमा तथा वित्तीय समस्याको समाधान पनि गर्ने गर्छ। जीवन बीमा कम्पनीहरुको खुद मुनाफाका आधारमा यो कम्पनी दोस्रो नम्बरमा रहेको देखिन्छ।
आधारभूत पक्ष
चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म नेसनल लाइफको चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँ र जगेडा कोष ३२ करोड ९१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा २९ करोड ६९ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६८.४६ गुणा, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति १ हजार ४५९ रुपैयाँ रहेको छ। कम्पनीको १० वर्षको औसत वार्षिक लाभांशदर २६ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा विभिन्न वेभ र डिग्री हुने गर्छन्। त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
यो कम्पनीको न्यून मूल्य ४३५ रुपैयाँलाई आधार मान्दा वेभ १ बढेर करिब ६५३ रुपैयाँसम्म पुगेको छ। वेभ २ मा करेक्नस भएर रु. ५०० सम्म आएको देखिन्छ। त्यसपछि वेभ ३ फिवनासीको १.६८ प्रतिशत अर्थात हालको बढोत्तरी करिब ९०० रुपैयाँसम्म पुग्ने सक्छ। वेभ ४ मा करेक्नस भएर पुनः ८०० रुपैयाँसम्म र वेभ ५ मा पुनः बढोत्तरीका साथ यो कम्पनीको सेयरभाउ आगामी एक–डेढ बर्षको समयावधिमा करिब ११०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। यस बीचमा यो कम्पनीमा साना–ठूला उतार–चढाव आउन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
इचिमोकुका आधारमा
इचिमोकुका आधारमा यो कम्पनी बुलिस ट्रेन्डमा चलेको देखिन्छ। अघिल्लो महिनादेखि नै मूल्यरेखाहरु क्लाउडको पोजिसनभन्दा माथि चलेका छन्। बेसलाइनलाई कन्भर्जन लाइनले तलबाट काटेको छ भने क्लाउडको पोजिसन पनि रातोबाट हरियो बनेको छ। योसँगै २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनभन्दा माथि–माथि चलेको छ। यस आधारमा यो कम्पनी विस्तारै बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा
साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत यो कम्पनीलाई हेर्दा मूल्यरेखाहरुले अप्पर ब्यान्डमा छोएर केही माथि लामो धागो बनेको छ। यसले अल्पकालमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ। डेली तथा आवरली बेसमा हेर्दा पनि अप्पर ब्यान्डमा प्रतिरोधको सामना गरेर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। यसले अल्पकालमा यो कम्पनीमा सामन्य करेक्नस हुन सक्ने देखिन्छ।
म्याक्डीमा बुलिस क्रसओभर अभैm भ्यालिड नै रहेको छ। डेली बेसमा आरएसआई ओभरबट जोनमा पुगेर केही करेक्नस हुँदै गरेको देखिन्छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा यो कम्पनीमा दीर्घकालमा लगानी उपयुक्त देखिए पनि अल्पकालमा केही करेक्सन आउन सक्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ६४३
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा पनि राम्रै रहेको नेसनल लाइफ धेरै लगानीकर्ताको रोजाइमा पर्न सफल कम्पनी हो। कम्पनीको १० वर्षको वार्षिक औसत लाभांशदर २६ प्रतिशत रहेको छ। कम्पनीले पछिल्लोपटकको न्यून मूल्य ४०० रुपैयाँमा हाराहारीमा आएको देखिन्छ। यसलाई आधार मानेर इलिअट वेभमार्फत यो कम्पनीको सम्भावित दीर्घकालीन यात्रा करिब ११०० रुपैयाँआसपास हुन सक्ने देखिन्छ। बोलिगर ब्यान्डमार्फत हेर्दा अल्पकालमा भने सामान्य करेक्नस आउन सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago