काठमाण्डौ । भारत इलेक्ट्रिक गाडीहरु उत्पादनका लागि प्रमुख हब बन्ने सम्भावना बढेर गएको छ। 

जापानको अग्रणी वाहन निर्माण कम्पनी सुजुकी मोटर कर्पोरेसनले भारतमा १.२६ बिलियन डलर लगानी गर्ने योजना बनाएको छ। यही लगानीबाट भारतमा इलेक्ट्रिक गाडी र ब्याट्री उत्पादन गर्ने कारखाना स्थापना हुनेछ।

जापानको दैनिक पत्रिका ‘निक्केई’ मा यो लगानीबारेमा खबर छापिएको छ। समाचारका अनुसार गुजरातमा सुजुकीको अटोमोबाइल उत्पादन इकाइ नजिकै ब्याट्री युनिट स्थापना गर्ने प्रस्ताव छ। यस नयाँ इकाइमा कुल लगानी लगभग १५० बिलियन येन (अर्थात १.२६ बिलियन डलर) हुने अनुमान गरिएको छ। यसका साथै भारतमा विद्युतीय सवारीसाधनलाई पनि प्रवर्द्धन गरिने समाचारमा उल्लेख छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी जापानी प्रधानमन्त्री फुमियो किशिदाबीचको शिखर सम्मेलनमा घोषणा गरिएको जापानबाट कुल लगानीमा उक्त लगानी समावेश गरिएको समाचारमा उल्लेख छ। किशिदा शनिबार भारत पुगेका छन्। – एजेन्सी