काठमाण्डौ । डिजीटल मार्केटिङमा काम गर्दै आएको इलेन्स डिजीटल मिडिया प्रालिले नवीन विशेषताले भरिपूर्ण ‘डिजीटल मार्केटप्लेस’ लञ्च गरेको छ । 

जून १७ का दिन एक समारोहका बीच इलेन्सले नयाँ प्रडक्ट लञ्च गरेको हो । 

इलेन्सले सो नयाँ प्रडक्टलाई ‘नेपालकै पहिलो डिजीटल मार्केट प्लेस’ समेत भनेको छ । एड्भरटाइजिङ, ब्राण्डिङ र बजारका अन्य मागहरुलाई एउटै छातामुनि सम्बोधन गर्ने गरी नयाँ डिजीटल प्लेटफर्म तयार गरिएको कम्पनीले दाबी गरेको छ । 

इलेन्स सन् २०१७ अगस्टमा डिजीटल मार्केटिङ कम्पनीको रुपमा स्थापित संस्था हो । यसले सर्च इञ्जिन अप्टीमाइजेसन(एसईओ)सँग सम्बन्धित सेवा र तालिमबाट आफ्नो यात्रा सुरु गरेको थियो । 

हाल यो कम्पनीले एउटै छातामुनि वेबसाइट डिजाइनिङ, सर्च इञ्जिन अप्टीमाइजेसन, सोसल मिडिया मार्केटिङ, गुगल एड्स, मल्टीमिडिया लगायतका सेवाहरु दिंदै आएको छ । 

कोभिड १९ को प्रकोपसँगै नेपालमा समेत डिजीटल सेवा फस्टाएको छ । मार्केटिङ र एड्भरटाइजिङको क्षेत्रमा समेत डिजीटल सेवाको आवश्यकता महसुस गरी डिजीटल मार्केट प्लेस लञ्च गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो प्लेटफर्ममा जोकोहीले आफूले चाहेको सेवा निकै सस्तो दरमा सहज ढंगले लिन सक्नेछन् । 

इलेन्सका सीओओ तरुमिता समालले आफूहरुलाई ग्राफिक्स, प्याकेजिङ डिजाइन, लोगो डिजाइन, फेसबुक विज्ञापन लगायतका डिजीटल मार्केटसँग सम्बन्धित कामहरुका लागि दैनिक धेरै फोनकल तथा म्यासेजहरु आउने गरेको उल्लेख गर्दै त्यसरी आउने मागहरुलाई सम्बोधन नगर्न नसकिएको र तिनै मागहरुलाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले डिजीटल मार्केटप्लेस निर्माण गरिएको बताइन् । साना वा ठूला जस्तासुकै क्लाइन्टले अब डिजीटल प्लेटफर्ममा गएर आफूलाई आवश्यक सेवा सहजै लिनसक्ने गरी टिम पनि तयार गरिसकिएको उनले जानकारी दिइन् । 

कम्पनीका सीइओ अनिश साहले इलेन्सको नयाँ प्रडक्टको विषयमा चर्चा गर्दै आफूहरुले विकास गरेको डिजीटल मार्केट प्लेसलाई साधारण र सहज बनाउनमा आफूहरुले विशेष जोड दिएको बताए । सामान्य व्यक्तिले पनि आफ्नो आवश्यकताअनुसारको अर्डर सजिलै पोस्ट गर्नसक्ने गरी यो मार्केट प्लेस डिजाइन गरिएको उनको भनाई छ । 

यसको सेवा लिनका लागि इलेन्स डिजीटल मिडिया डटकममा गएर अकाउण्ट क्रिएट गर्नुपर्नेछ, त्यसपछि आफूले लिन चाहेको सेवा तथा प्रडक्टहरु छान्नुपर्नेछ, अनलाइनबाट अर्डर रिक्वायरमेन्ट फर्म भर्नुपर्नेछ, त्यसपछि तोकिएको शुल्क अनलाइनबाट तिर्नुपर्नेछ र शुल्क तिरिसकेपछि प्लेस अर्डर बटनमा क्लिक गरी अर्डरको प्रक्रिया पूरा हुनेछ । अर्डर प्राप्त भएको छोटो अवधिमै सेवा उपलब्ध गराइने उनको भनाई छ ।