काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दसैँ, तिहार र छठलाई लक्षित गर्दै सार्वजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेताहरु घोषणा गरिएको छ।

उपहार योजनाअन्र्तगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सफल भएका छन्। राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गरी गोलाप्रथाबाट बिजेता सार्बजनिक गरिएको हो। 

बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसीडीसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए। मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँजनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए। सम्पूर्ण विजेताको विवरण ब्लग डट इसेवा डटकम डट एनपी र इसेवाको फेसबुक पेजमा सार्बजनिक गरिएको छ। 

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसीडीसी, भोज, भिजन तथा ग्यापुजस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो। 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।