काठमाण्डौ । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफर र विश्वमा रेमिट्यान्सको क्षेत्रमा ख्यातिी्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै अब यूएई, कतार, कुवेतलगायतका १० भन्दा बढी मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स् पठाउन सक्नेछन्। 

यूएई, कतार, कुवेतलगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ। नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्सफरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इसेवावालेट एपमार्पmत पनि प्राप्त गर्न सकिनेछ। 

त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रु. ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ। 

इन्स्ट्यान्ट क्यासका रूपमा चिनिने ग्लोबल मनि ट्रान्सफर यूएइको इमिरेट्स् पोष्ट गु्रपबाट प्रवद्र्धित एक स्थापित कम्पनी हो। यो कम्पनी विश्व रेमिट्यान्सको क्षेत्रमा तीव्ररूपमा बजार विस्तार गर्न सफल भएको छ। यूएइमा प्रधान कार्यालय रहेको यस कम्पनीले कतार, ओमान, बहराइन, भारत, पाकिस्तान, बंलादेश र फिलिपिन्समा तीव्र रूपमा बजार विस्तार गरिरहेको छ भने २ लाख ५० हजार एजेन्ट नेटवर्कबाट आफ्नो सेवा प्रदान गरिरहेको छ। 

इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट दुवै माध्यममार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ। डिजिटल माध्यमबाट रेमिट्यान्स् भित्र्याउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्सफर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ।