काठमाण्डौ। पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरुबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ। विदेशमा रहेका नेपालीहरुले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा  तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्। नेपालीहरुले सिफ्टमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ। यसका साथै सीधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ।।

सिफ्ट युकेमा अवस्थित् अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो, जसले विश्वभर सजिलो, सुरक्षित् र किफायति तरिकाबाट रेमिट्यान्स सेवा दिँदै आएको छ। सिफ्टले समय र दुरिको अवरोधबालाई पार गराइ दु्रत रेमिट्यान्स सेवामार्फत विश्वभरका मानिसहरुको आवश्यकता पुरा गर्दै आएको छ। सिफ्टसँग ६ महाद्वीपका २ लाख ५० हजारभन्दा बढी स्थानहरुमा नेटवर्क सञ्जाल छ। एशिया, युरोप, अफ्किा, अष्टे«लिया, दक्षिण र उत्तर अमेरिकालगायतका विश्वका धेरै बैंक र एक्सचेन्ज कार्यालयहरुबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको छ। 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।