काठमाण्डौ । रेमिट्यान्स बजारमा तीव्रगतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युरोपबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जर्जियास्थित इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  

सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ। यससँगै इन्टेल एक्सप्रेसमार्फत पठाएको रेमिट्यान्स नेपालमा रहेका इसेवा मनि ट्रान्सफरका ८ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै पाउन सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ।

इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स कारोबार गर्ने कम्पनी हो। सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिटे्यान्स् कम्पनी हो। जसले इयु, बेलायत, जर्जिया, युक्रेन, सोभियतपश्चात अन्य राज्यहरुलगायत ५० बढी राज्यमा रेमिट्यान्स कारोबार गर्दछ।  यसका ग्रिी, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ। यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्सफरमार्फत सेवा दिँदै आएको छ। 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।