काठमाण्डौ । डिजिटल रेमिट्यान्सको क्षेत्रमा तीव्रगतिमा बजार विस्तार गरिरहको इसेवा मनी ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इन्डिया इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ। 

कुवेतमा रहेका नेपालीहरुले कुवेत इन्डिया इन्टरनेसनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन्। यसका साथै कुवेतमा रहेका  कुवेत इन्डिया इन्टरनेसनलका ८ वटा शाखा तथा मोबाईल भ्यानमार्फत पनि नगद रेमिट्यान्स पठाउन सकिन्छ। मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर–घरमा पुग्नेछ। उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्सफरका ८ हजारभन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सीधै इसेवा खातामा लोड गर्न पनि सकिन्छ। 

कुवेत इन्डिया इन्टरनेसनल एक्सचेन्ज १९७९ मा स्थापित कुवेतको केन्द्रीय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स कम्पनी हो। जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स, मुद्रा विनियमजस्ता सेवा दिँदै आएको छ। वर्षौंदेखिको उत्कृष्ट सेवाका कारण कम्पनी कुवेतको एक अग्रणी वित्तीय सेवा प्रदायकका रूपमा अगाडि बढेको छ। 

इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीका माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।