काठमाण्डौ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्णबहादुर श्रेष्ठले काठमाण्डौमा घर जित्न सफल भएका छन्।
जेठ २४ बुधबार लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको समन्वयमा लुलु शाखा सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाइ ज्ञापन गरिएको थियो। इसेवा मनी ट्रान्सफरका, सम्बन्ध प्रबन्धक ईश्वर अधिकारीले कार्यक्रममा श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन्।
कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल अहमद; सञ्चालन प्रमुख रघुपति वेन्कीटाकृष्णन; सञ्चालन प्रमुख डिजिटल हरेश पिल्लै, मिडिया तथा मार्केटिङ प्रबन्धक अजिम उम्मेर र शाखामा अन्य ग्राहकको उपस्थिति थियो।
श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलको बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन्। श्रेष्ठले लुलु एक्स्चेन्ज यूएईबाट इसेवा मनी ट्रान्सफरमार्फत बैंक खातामा रेमिट्यान्स पठाएका थिए।
इसेवा मनी ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहारस्वरुप काठमाण्डौमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो।
गत असोज ७ गतेदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरु यस अभियानमा सहभागी भएका थिए। ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरिएको थियो।
इसेवा मनी ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। साथै इसेवा मनी ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १ लाख ७५हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago