काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी यूएई एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सुरु भएको छ।

यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीहरूले यूएई एक्सचेन्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ। नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इसेवा मनी ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एपमार्पmत पनि प्राप्त गर्न सकिनेछ। साथै इसेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्समात्र सेवा शुल्क लाग्नेछ। 

त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। यूएई एक्सचेन्जले छिट्टै नै इसेवा मनी ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्ने कम्पनीले जनाएको छ। 

रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र यूएई एक्सचेन्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेका छन्। 

इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ। हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताएका छन्।