काठमाण्डौ। विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन्। 

योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्स्कोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको छ। यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्कोे क्षेत्रमा ठूलो सहयोग पुग्नेछ। रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ। 

रिया मनी ट्रान्सफरका ग्लोबल सिईओ श्री शौन फिल्डरले भने, ‘हामी नेपालमा इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदानिकै उत्साहित छौँ। हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायति रेमिट्यान्स् सेवामार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ।’ 

एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष श्री विश्वास ढकालले भने, ‘अन्तरदेशीय रेमिट्यान्स्मा विश्वको अग्रणी कम्पनीरियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो। हामी वैकल्पिक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउनेमात्र होइन विश्वभरि रहेका नेपालीका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ।’ 

यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिटेन्स सेवाका लागि उदयीमान बजारका रूपमा स्थापित गरेको छ जहाँ, डिजिटल रेमिट्यान्स्ले जटिल भूगोल र ३ करोड जनसंख्यालाई  परम्परागत किसिमको रेमिट्यान्स् कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। 

युरोनेट वल्र्ड वाइड इंकको सब्सिडायरी कम्पनी रहेको रिया रेमिटेन्स् उद्योगमा विश्वको अग्रणी कम्पनी हो। रिया आफ्ना ग्राहक र उनीहरूको समुदाय प्रति आफ्नो प्रतिवद्धतामा दृढ छ र १ सय ६० देशका ४ लाख ७५ हजार बढि स्थानहरूको सञ्जाल नेटवर्कमार्फत दु्रत, सुरक्षित र किफायति रूपमा रेमिट्यान्स् सेवा पुर्याउँदै आएको छ। कम्पनीले आफ्नो विश्वव्यापी पूर्वाधारमार्फत ग्राहक र साझेदारलाई वित्तीय पहुँच पुर्याउँदै बजारमा नयाँ अवसरहरू खोजेर विश्वभर आर्थिक वृद्धि प्रवर्द्धन गर्ने काम गर्दछ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। इसेवा मनी ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमाआधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्तबनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।