काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ। 

सम्झौतापत्रमा संघ कास्कीका अध्यक्ष विक्रम पन्त र इसेवाका बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार कास्की जिल्लाभित्र रहेका संघअन्तर्गतका सदस्य औषधी व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन्। फोनपेले इसेवालगायत आफ्ना अन्य सदस्यमार्फत डिजिटल कारोबार प्रवर्द्धनमा सघाउनेछ। 

यस्तै संघमा आबद्ध अस्पतालहरुमा इसेवामार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्थासमेत मिलाइनेछ। 

पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई पनि आक्रामक ढंगबाट अगाडि बढाइरहेको इसेवाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसिप सम्झौता गरिसकेको छ। डिजिटल पोखराको अभियानमा इसेवाले तीव्र गतिमा काम गरिरहेको छ। 

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झन्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ। हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४२ लाख छ। 

यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब १ लाख २० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन्।