काठमाण्डौ । बेलायत सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमणमा कडा कानुन लागू गर्ने भएको छ। 

आगामी साताबाट लागू हुने उक्त कानुनअनुसार अब बेलायती नागरिक विदेश भ्रमणमा जाँदा उचित कारण पेस गर्नुपर्नेछ। उचित कारणविना नै विदेश भ्रमणमा त्यस्ता नागरिकलाई ५ हजार पाउन्ड जरिवाना हुने कानुनमा उल्लेख छ।

बेलायतको संसद् यो कानुन गत बिहीबार नै यो कानुन पारित गरिसकेको छ। 

कोरोना महामारीका कारण यसअघि पनि बेलायती नागरिकलाई विदेशमा भ्रमणमा प्रतिबन्ध गराएको छ। अब यो प्रतिबन्ध बेलायतमा रहेका सबैलाई कानुनका रुपमा लागू हुन लागेको बेलायती अधिकारीहरु बताउँछन्। 

अहिले बिदा मनाउन विदेश जान प्रतिबन्ध लगाइएको छ। यो कम्तीमा पनि मे १६ सम्म लागू हुनेछ। तर अहिले युरोपेली मुलुकुसँगै अन्य देशहरुमा संक्रमण बढिरहेका कारण यो प्रतिबन्धको अवधि लम्बिन सक्ने अनुमान गरिएको छ। – एजेन्सी